नक्सा प्रिन्ट सम्बन्धी कार्यविधि:
कुनै व्यक्ति वा निजको प्रतिनिधिले आफ्नो स्वामित्वमा रहेको कित्ता जग्गाको नक्सा प्रिन्ट माग गर्दा देहाय बमोजिम गर्नुपर्नेछ।
नक्सा प्रिन्ट माग गर्दा देहायका प्रमाणहरू संलग्न गर्ने:
१. जग्गाधनी दर्ता प्रमाणपुर्जाको प्रतिलिपि,
२. वित्तीय संस्थाले वित्तीय प्रयोजनका लागि माग भएको भए उक्त संस्थाको पत्र र जग्गाधनी दर्ता प्रमाणपुर्जाको प्रतिलिपि,
३. सरकारी निकायले माग गरेको भए गा.वि.स./गा.पा./न.पा., नक्सा नम्बर/सीट नम्बर र कित्ता नम्बर स्पष्ट उल्लेख गरी प्रयोजन समेत खुलाइएको पत्र।
४. प्रिन्ट माग हुने कित्ताका लागि तोकिएको राजस्व बुझाएको रसिद।