फिल्ड रेखाङ्कन सम्बन्धी कार्यविधि:
जग्गाधनीले आफ्नो स्वामित्वमा रहेको कित्ताको फिल्ड रेखाङ्कनका लागि देहाय बमोजिमका कागजात संलग्न गरी अनुसूची २० बमोजिमको ढाँचामा निवेदन पेश गर्नु पर्नेछ।
(क) जग्गाधनी दर्ता प्रमाणपुर्जाको प्रतिलिपि,
(ख) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
(ग) चालु आ.व.को तिरो तिरेको रसिदको प्रतिलिपि,
(घ) रेखाङ्कन माग गरिएको कित्ता देखिने नक्सा प्रिन्ट,
(ङ) पारित लिखतको प्रतिलिपि