नेपाल सरकार

भूमि व्यवस्था, सहकारि तथा गरिबी निवारण मन्त्रालय

नापी विभाग

नापी कार्यालय दाङ

सर्वसाधारणको जानकारीको लागि जारी गरिएको

नागरिक वडापत्र (Citizen Charter)

क्र.सं.

सेवा सुविधाहरुको विवरण

आवश्यक पर्ने कागजात प्रमाणपत्रहरु

लाग्ने समय

लाग्ने शुल्क

जिम्मेवार कर्मचारी

जिम्मेवार कर्मचारीबाट कार्य सम्पन्न हुन नसकेको उजुरी/ सिकायत गर्ने ठाउँ

कै.

मालपोत कार्यालय मार्फत आउने कार्यहरू :-

जग्गा खरिद बिक्रि, वकस पत्र, अंशबण्डा, अदालतको फैसला, अधिग्रहण लगत कट्टा आदी कारणले गर्दा जग्गाको स्वामित्व परिवर्तन हुने गरी कित्ताकाट गर्ने

मालपोत कार्यालयको पत्र तथा कारोबारको स्पष्ट विवरणहरु उल्लेख भएको लिखत र स्वामित्व खुल्ने अन्य कागज प्रमाणपत्रहरु। (मालपोत कार्यालयले तोके बमोजिम)

क)सामान्य लिखत

-२ बजे भन्दा पहिले कार्यालयमा प्राप्त भएको सोही दिन।

-२ बजे पछि प्राप्त उभएमा अर्को दिन।

ख) अंशबण्डा वा धेरै कित्ताहरुबाट गर्नु पर्ने लिखत

-कार्यालय प्रमुखले तोके बमोजिम (बढीमा एक हप्ता भित्र

शुल्क नलाग्ने

कार्यालय प्रमुखले तोकेको कर्मचारी वा फाँटवाला अमिन/सर्भेक्षक

नापी अधिकृत वा कार्यालय प्रमुख

नक्सा सुधार संशोधन

मालपोत कार्यालयको पत्र, मालपोत कार्यालयबाट नक्सा सुधार संशोधन सम्बन्धि गरिएको कारबाहीको सम्पूर्ण विवरणहरु भएको फाइल र आवश्यक कागजात प्रमाणहरु (मालपोत कार्यालयमा पेश भएका र सो कार्यालयले तोके बमोजिम)

- फिल्ड निरिक्षण गर्नु नपर्ने भएमा बढीमा २ दिन भित्र

- फिल्ड निरिक्षण गर्नु पर्ने भएमा फिल्ड सिजनमा कार्यालय प्रमुखले तोके बमोजिम (बढीमा ७ दिन भित्र)

शुल्क नलाग्ने

कार्यालय प्रमुखले तोकेको कर्मचारी वा फाँटवाला अमिन/सर्भेक्षक

नापी अधिकृत वा कार्यालय प्रमुख

नापी कार्यालयमा सोझै सम्पर्क राखी गर्न सकिने कार्यहरु

फिल्डबुक उतार/प्लट रजिष्टर उतार

- गा.वि.स./गा.पा./न.पा. वडा नं., सिट नं., कित्ता.नं. खुलेको निवेदन

-सम्बन्धित कित्ताको जग्गाधनी दर्ता प्रमाणपुर्जाको प्रतिलिपि

-नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

-स्रेस्ता कायम नरहेको वा जग्गाधनी दर्ता प्रमाणपुर्जा नभएको कित्ताको सन्दर्भमा निज वा निजको नाता प्रमाणले सरोकार देखिने कागजातहरु वा स्थानीय तहको सिफारिस।

-चालु आ.व.को तिरो तिरेको रसिद

सोही दिन

डिजिटल डाटाको वितरण, प्रयोग र नियमन निर्देशिका २०६९ को अनुसूची ३ को बुँदा नं. ३ मा तोकिएबमोजिम पहिलो कित्ता रु ५०।- र थप प्रति कित्ता रु १०।-”

कार्यालय प्रमुखले तोकेको कर्मचारी वा फाँटवाला अमिन/सर्भेक्षक

नापी अधिकृत

नक्सा प्रिन्ट

- जग्गाधनी दर्ता प्रमाणपुर्जाको प्रतिलिपि,

-वित्तीय संस्थाले वित्तीय प्रयोजनमा माग गरेकोमा उक्त वित्तीय संस्थाको पत्र र जग्गा दर्ता प्रमाणपुर्जाको प्रतिलिपि,

- सरकारी निकायले माग गरेको भए गा.वि.स./गा.पा./न.पा. वडा नं., सिट नं., कित्ता.नं. स्पष्ट उल्लेख गरी प्रयोजन समेत खुलाईएको पत्र,

-तोकिएको राजश्व बुझाएको रसिद

सोही दिन

प्रति कित्ता रु. १००।- (नापी विभाग, योजना तथा जग्गा प्रशासन शाखाको च.नं.२४० मिति२०८०/०९/१७ को परिपत्रले तोके बमोजिम)

कार्यालय प्रमुखले तोकेको कर्मचारी वा फाँटवाला अमिन/सर्भेक्षक

नापी अधिकृत वा कार्यालय प्रमुख

फिल्ड रेखाङ्कन

- गा.वि.स./गा.पा./न.पा. वडा नं., सिट नं., कित्ता.नं. खुलेको निवेदन,

- जग्गाधनी दर्ता प्रमाणपूर्जाको प्रतिलिपि,

- सम्बन्धित कित्ता देखिने नक्सा प्रिन्ट,

- पारित लिखतको प्रतिलिपि

- नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

- चालु आ.व.को तिरो तिरेको रसिद

- फिल्ड सिजन (कार्तिक-जेठ मसान्त) मा सामन्यतया १५ दिन भित्र।

-कामको अत्यधिक चाप भएमा कार्यालय प्रमुखले तोके अनुसार

जग्गा नापजाँच नियमावलीको नियम ३३ र निर्देशिकाको दफा ३८ बमोजिम (सदर मुकामबाट सम्बन्धित स्थान सम्मको दुरीको आधारमा तोकिने छ।

कार्यालय प्रमुखले तोकेको कर्मचारी वा फाँटवाला अमिन/सर्भेक्षक

नापी अधिकृत वा कार्यालय प्रमुख

कित्ता एकीकरण

- गा.वि.स./गा.पा./न.पा. वडा नं., सिट नं., कित्ता.नं. खुलेको निवेदन,

- जग्गाधनी दर्ता प्रमाणपुर्जाको प्रतिलिपि,

- नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,

- एकिकरणका लागि माग भएका कित्ताहरु देखिने नक्सा प्रिन्ट,

-चालु आ.व.को तिरो तिरेको रसिदको प्रतिलिपि,

कित्ताहरुको संख्या हेरी कार्यालय प्रमुखले तोके बमोजिम बढीमा ७ दिन भित्र

प्रति कित्ता रु.50 र फिल्ड रेखाङ्कन वाफत लाग्ने राजश्व

कार्यालय प्रमुखले तोकेको कर्मचारी वा फाँटवाला अमिन/सर्भेक्षक

नापी अधिकृत वा कार्यालय प्रमुख

क्षेत्रफल टायल चेक गर्ने

- गा.वि.स./गा.पा./न.पा. वडा नं., सिट नं., कित्ता.नं. खुलेको निवेदन,

-नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,

-जग्गाधनी दर्ता प्रमाणपुर्जाको प्रतिलिपि,

-चालु आ.व.को तिरो तिरेको रसिदको प्रतिलिपि,

कार्यालय प्रमुखले तोके बमोजिम

शुल्क नलाग्ने

कार्यालय प्रमुखले तोकेको कर्मचारी वा फाँटवाला अमिन/सर्भेक्षक

नापी अधिकृत वा कार्यालय प्रमुख

कित्ता नक्सा (Parcel Plan) तयार गर्ने (नापी विभागले तोकेको क्षेत्रमा मात्र)

- गा.वि.स./गा.पा./न.पा. वडा नं., सिट नं., कित्ता.नं. खुलेको निवेदन,

-जग्गाधनी दर्ता प्रमाणपुर्जाको प्रतिलिपि,

-नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,

- चालु आ.व.को तिरो तिरेको रसिदको प्रतिलिपि,

कार्यालय प्रमुखले तोके बमोजिम (कित्ता नक्सा तयार गर्ने कार्यविधि बमोजिम)

प्रतिकित्ता र. १००।- र फिल्ड रेखाङ्कन वापतको दस्तुर

कार्यालय प्रमुखले तोकेको कर्मचारी वा फाँटवाला अमिन/सर्भेक्षक

नापी अधिकृत वा कार्यालय प्रमुख

नोटः

  • जेष्ठ नागरिक, अशक्त, सुत्केरी र नाबालकको हकमा सेवा प्रवाहमा सोही बमोजिम प्राथमिकता दिइनेछ।
  • कुनै असाधारण वा काबु बाहिरको परिस्थितिले गर्दा कुनै कार्य तोकिएको समयभित्र सम्पन्न गर्न नसकिएमा कार्यालय प्रमुखले जग्गाधनीलाई स्पष्ट कारण खुलाई जानकारी गराउनु पर्ने र कुन समय र मितिमा सो कार्य सम्पन्न हुने हो सो को जानकारी दिई तोकिएको समयमा कार्य सम्पन्न गर्ने।
  • मौसमको प्रतिकुलताले गर्दा फिल्ड चेक/निरिक्षण/रेखाङ्कन गर्ने कार्य र नक्सा प्रिन्ट गर्ने जस्ता कार्यहरु समयमा सम्पन्न हुन नसकेमा सो को जानकारी सम्बन्धित व्यक्तिलाई गराउने।
  • कुनै कार्य सम्पन्न गर्न कुनै कर्मचारीहरुले अनावश्यक ढिला सुस्ती, लापरवाही वा अनियमित कार्य गरेको पाइएमा सम्बन्धित व्यक्तिले कार्यालय प्रमुखसँग सिकायत/उजुरी गर्न सक्छ। कार्यालय प्रमुखबाट समाधान नभएमा नापी विभाग, योजना तथा जग्गा अनुगमन शाखामा लिखित, मौखिक, इमेल मार्फत सिकायत/उजुरी गर्न सक्नेछन्। यसको लागि ठेगाना निम्न बमोजिम छ।